मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

१४ वर्षकी सालिनको पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी


पश्चिम प्रेस
शनिबार, फागुन १९ २०८०
  • 836
    Shares

  • images
    images
    १४ वर्षकी सालिनको पोस्टमार्टम रिपोर्ट कुर्दै प्रहरी

    चितवन ।   चितवनको रत्ननगरको शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा एक साता अघि मृत फेला परेकी १४ वर्षिया किशोरी सालिन पोखरेल घटनाको अनुसन्धानका क्रममा स्कुलको तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ।

    जिल्ला प्रहरी कार्यालय चितवनले स्कुलका प्रधानाध्यापक बालहरि देवकोटा, सहायक प्रधानाध्यापक कमल शर्मा पौडेल र होस्टेल इन्चार्ज किरणबहादुर अधिकारीलाई मंगलबार नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको हो । 

    गत शनिवार स्कुलको छात्रावासमा बसेर कक्षा ८ मा पढ्दै आएकी १४ वर्षीय सालिनको शव झुन्डिएको अवस्थामा फेला परेको घटना सार्वजनिक भएको थियो। 

    किशोरीको परिवारहरूले घटना आत्महत्या नभई बलात्कारपछि हत्या भएको शङ्का गरेका छन्। उनीहरूले स्कुल नेतृत्वलाई पक्राउको माग राख्दै शव उठाउन अस्वीकार गरेपछि प्रहरीले स्कुलका तीन जनालाई नियन्त्रणमा लिएको हो।

    किशोरीको परिवारले चितवनमै पोस्टमार्टम गर्न नमानेपछि शव काठमाडौँ पठाएको छ। प्रहरी पोस्टमार्टमको प्रतिवेदनको पर्खाइमा रहेको जनाइएको छ । 

    प्रहरीका अनुसार घटनास्थलको सूक्ष्म मुल्यांकनसहित मुचुल्का गरेर स्कुल र छात्रावास क्षेत्रको २४ घण्टाको क्लोज सर्किट टेलिभिजनको फुटेज, किशोरीसँगै बस्ने छात्राहरू लगायतकाहरुसँग जानकारी लिने लगायतका काम जारी छ।


    प्रतिक्रिया दिनुहोस