बाजुरा । बाजुराको बडिमालिका नगरपालिकामाभित्रै कर्मचारीबिच कुटाकुट भएको छ। नगरपालिकामा कार्यरत दुई महिला कर्मचारीबिच कुटाकुट भएको हो।
मेड्पा परियोजना प्रमुख रन्जीता शाही र कबिताकुमारी सुर्यबंसीबिच कार्यालयमै कपाल लुछालुछ तथा कुटाकुट भएको भिडियो सार्वजनिक भएको छ । कार्यालय र शाखाको जिम्मेवारीसहितको आन्तरिक विवादका कारण आपसमा झगडा भएको बुझिएको छ।
झगडामा कबिताकुमारी सुर्यबंसी घाइते भएर अस्पतालमा अस्पतालमा उपचाररत रहेकी जनाइएको छ । बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले आफु सो बारे अनविज्ञ रहेका बताएका छन् ।
.gif)