मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गुगुल्डिको मातृभाषामा कविता लेखन प्रतियोगिता,उदय माविकी कार्की प्रथम


पश्चिम प्रेस
शनिबार, फागुन १९ २०८०
  • 562
    Shares

  • images
    images
    गुगुल्डिको मातृभाषामा कविता लेखन प्रतियोगिता,उदय माविकी कार्की प्रथम

    महेन्द्रनगर । गुगुल्डि वाङमय प्रतिष्ठानले आयोजना गरेको मातृभाषामा कविता लेखन प्रतियोगितामा उदय माध्यमिक विद्यालय बंककी छात्रा बविता कार्की प्रथम भएकी छन् । 
     शनिबार महेन्द्रनगरमा आयोजित प्रतियोगितामा कञ्चनपुरका पन्ध्र विद्यालयका २१ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्की प्रथम भएकी हुन । प्रतियोगिताको दोस्रो स्थान घटाल माध्यमिक विद्यालय सुडाकी छात्रा मनिषा भट्टले हात पारेकी छन । त्रिभुवन माविका छात्रा पूजा भट्ट तृतीय हुँदा ग्लोवल ऐकेडमीका सुरज कुमार पन्त र रेडियन्ट माविका प्रकाश बडूुले स्वान्तवना पुरस्कार प्राप्त गरेका छन । प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई रु दुई हजार पाँच सय नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । त्यसैगरि द्वितीयलाई एक हजार पाँच सय,तृतीय हुनेलाई एक हजार र स्वान्तना पुरस्कार रु पाँच सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।  डोट्याली बृहत शब्दकोषका लेखक आरडी प्रभास चटौतले स्थापना गरेको रु चार लाखको अक्षयकोषबाट पुरस्कार प्रदान गरिएको हो ।

     

     गुगुल्डि वाङ्मय प्रतिष्ठानले हरेक वर्ष उक्त अक्षयकोषबाट प्रभाष राज्यलक्ष्मी युवा पुरस्कारबाट डोट्याली भाषा साहित्य क्षेत्रमा योगदान गर्ने विभिन्न व्याक्तिहरुलाई पुरस्कार प्रदान गर्ने गरेको छ । प्रतियोगिता सुरु हुनुपूर्व प्रतियोगिहरुलाई साहित्यकार कविराज भट्टले कविता लेखन सम्बन्धी पशिक्षण दिएका थिए । पछिल्लो समय युवापुस्तामा साहित्य सिर्जनामा कमी भइरहेका बेला गुगुल्डि वाङ्मय प्रतिष्ठानले मातृभाषाप्रति अभिरुचि जगाउनुका साथै साहित्य सिर्जनामा प्रेरित गर्न प्रशिक्षण एंव कविता प्रतियोगिता आयोजना गरिएको गुगुल्डि वाङ्मय प्रतिष्ठानका सचिव जगदीश ओझाले जानकारी दिनुभयो । कार्यक्रममा रामसिंह ठकुराठी र कमलराज चटौतलाई  सम्मान गरिएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि मानसखण्ड फाउन्डेसनका अध्यक्ष नारा जोशी,विशिष्ट अतिथि डा.चुडामणी जोशी रहेका थिए । त्यसैगरि साहित्यकार नारायण गिरी,सिर्जन श्री,स्वरस्वती भाट,प्रेम प्रकाश कलौनी,रमेश पन्त मीतबन्धु,पद्मा ओझा,अमित प्रसाद भट्ट लगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका अध्यक्ष वीर वहादुर चन्दले मातृभाषा संरक्षणका लागि गुगुिल्ड मासिक पत्रिका समेत सञ्चालन गर्दै आएका छन । 


  • सम्बन्धित विषय:

  • # गुगुल्डि वाङमय प्रतिष्ठान
  • प्रतिक्रिया दिनुहोस