महेन्द्रनगर । कञ्चनपुरका जुवा खालबाट ९ जना पक्राउ परेका छन् । शनिवार जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कस्थित ग्रीन भोजनालयमा जुवा तास खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले गोप्य सुचनाको आधारमा चेकजाच गर्दा होटलको पाचौँ तलामा होटल संचालक डबल राज जोशी सहित ९ जना जुवा तास खेलीरहेको अवस्थामा फेला पारेको हो ।
जुवाखालबाट ३ गड्डी तास र नगद रु ३३ हजार ६ सय ८८ बरामद गरेको र पक्राउ परेकालाई आवश्यक कानुनी कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।
.gif)