काठमाडौँ । गठबन्धन भत्किएसँगै नयाँ सत्ता गठबन्धनमा चारजना उपप्रधानमन्त्री हुने भएका छन्।
सरकारमा सहभागी चार दल नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबाट १–१ जना उपप्रधानमन्त्री हुने समझदारी भएको हो।
प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तरता पाउने भएका छन् भने उपमहासचिव वर्षमान पुन उपप्रधानमन्त्री हुने पक्का भएको छ। उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
त्यस्तै, जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित परराष्ट्रमन्त्री हुने भएका छन्। रास्वपामा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित सरकारमा जाने पक्का भएको छ। उनले गृहमन्त्रालय मागेका छन्।
एमालेबाट उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने बलियो सम्भावना छ। तर उनले कुन मन्त्रालय पाउने भन्नेबारे अलिहेसम्म टुंगो लागिसकेको छैन।
.gif)