चितवन । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोस्टमार्टम रिपोर्ट आएको छ । आइतबार सार्वजनिक पोस्टमार्टमको रिपोर्टमा मृत्युको कारण ‘ह्यांगिङ’ उल्लेख भएपनि पीडित परिवारले भने अस्पतालले सार्वजनिक गरेको रिपोर्टलाई अस्वीकार गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेश रिमालले अनुसन्धानको एउटा पाटो सकिए पनि सूक्ष्म विस्तृत छानबिन भइरहेको जानकारी दिए । ‘प्रारम्भिक हिसाबमा ‘ह्यांगिङ’ भन्ने देखिएको छ, अनुसन्धानको एउटा पाटो सकिए पनि अनुसन्धानमै छौँ । निष्पक्ष र विस्तृत अनुसन्धान भइरहेको छ ।’ रिमालले भने, ‘हत्या र बलात्कार देखिएको छैन ।’
गत १२ फागुनमा रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा १४ वर्षीया शालीन पोखरेल सिलिङको पंखामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
बलात्कारपछि हत्या भएको आरोप लगाउँदै आएको शालीन पोखरेलको परिवारले भने पोस्टमार्टम रिपोर्टप्रति आपत्ति जनाएको छ । शालीनका बुबाले यौनांगमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने बताएका छन् । छोरीको शरीरका केही भागमा निलडाम पनि थियो । पुनः अर्को ठाउँमा पनि लगेर परीक्षण गराउन मिल्ने रहेछ । परिवार बसेर सल्लाह गाछौँ, अनि के गर्ने भन्ने निर्णय गछौँ,’ उनले भने ।
.gif)