महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले महाशिवरात्री पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापन मिलाएको छ ।
महाशिवरात्रीमा शिव मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध ट्राफिक व्यवस्थापन गरेको छ । ट्राफिक कार्यालय कञ्चनपुरले पार्कीङ्ग तथा बैकल्पीक मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ । मदनचोकबाट आउने सवारी साधनका लागि मदनचोकको ठेला राख्ने ग्राउन्डमा पार्कीङ्गको व्यवस्था मिलाएको छ भने एयसपोर्टबाट आउने सवारी साधनको लागि राधाकृष्ण मन्दिर प्रांगणमा पार्कीङ्गको व्यवस्था मिलाएको छ ।
त्यसैगरी बसपार्क पछाडीबाट आउने सवारीका लागि राष्ट्रिय मा.वि प्रांगणमा पार्कीङ्गको व्यवस्था मिलाएको छ । शिवमन्दिर नहरको किनार हुँदै आउने सवारी साधनका लागि कञ्चन विद्या मन्दिरको प्रांगणमा पार्कीङ्गको व्यवस्था मिलाएको छ । त्यसैगरी ट्राफिक प्रहरीले विपदबाट जिप्रका,मदनचोकबाट जिप्रका र एयरपोर्ट मदनचो तिर आउने जाने सवारी साधानहरुलाई बैकल्पीक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ ।
.gif)