अछाम । अछाममा आफ्नै छोरी बलात्कार गरेको आरोपमा एक बाबु पक्राउ परेका छन्।
जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १४ कालागाउ राेल दमाई बाडा टाेलकी १४ बर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय प्रेम ढाेलिलाई प्रहरीले पक्राउ गरेको हो।
घरमा कोही नभएको बेला ती उनले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ। उनलाई शुक्रबार राती बालिकालाई बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पुरुषमाथि हाडनाताकरणी गरेको मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ ।
.gif)