मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख जोशी पदमुक्त


पश्चिम प्रेस
सोमबार, फागुन २८ २०८०
  • 489
    Shares

  • images
    images
    सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख जोशी पदमुक्त

    काठमाडौँ  ।  सरकारले सुदूरपश्चिमसहित ३ प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ।

    आज बसेको मन्त्रिपरिषद्‍ बैठकले सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीसहित गण्डकी र मधेश प्रदेश लाई पदमुक्त गरी रिक्त हुने पदमा नियुक्तिका लागि नामसमेत राष्ट्रिपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

    उनका अनुसार मधेश प्रदेशका लागि सुमित्रा भण्डारी, सुदुरपश्चिमका लागि नजिर मिया र गण्डकी प्रदेशका लागि डिल्लीराज भट्टलाई मनोनयनका लागि सिफारिस गर्ने निर्णय भएको छ।  


    प्रतिक्रिया दिनुहोस