महेन्द्रनगर । नेपाली तथा डोट्याली भाषासाहित्यमा कलम चलाउँदै आइरहनुभएका साहित्यकार डम्वर शर्मा बडूको आज बिहान ६३ वर्षको उमेरमा निधन भएको छ ।
केही दिन अघि स्वास्थ्यमा समस्या देखिएका कारण मनमोहन काडियो भाष्कुलर अस्पताल काठमाडौंमा उपचाररत शर्माको आज बिहान निधन भएको हो । उनको निधनले नेपाली तथा डोट्याली भाषासाहित्यमा क्षति पुगेको छ । विशेषा गरि कविता, गजल, व्यङ्ग्य तथा लोकवार्ताका क्षेत्रमा कलम चलाउदै आइरहेका थिए । उनका डोट्याली भाषामा झ्यारी कविता संग्रह (संयुक्त), ऐना गजल संग्रह, सहयात्रा कविता संग्रह (संयुक्त) कृति प्रकाशित छन् भने विभिन्न पत्रपत्रिकाहरुमा थुप्रै अनुसन्धानमुलक लेखहरु प्रकाशन छन् ।
साहित्यकार शर्माको भोलि बिहान ८ बजे भीमदत्त नगरपालिका–६ ऐठपुरबाट भुजेलाघाटमा अन्त्यष्टिका लागि सवयात्रा गरिने उहाँका आफन्तजनले बताउनुभयो ।
.gif)