कैलाली । चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ।
गत सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका थिए।
चार दिनदेखि बेपत्ता रहेका शाहीको शव आज (बिहीवार) कर्णाली पुल भन्दा १६ किलोमिटर तल टीकापुर नगरपालिका–२ को सन्कट्टी घाटमा फेला परेको प्रहरीले जनाएको छ ।
.gif)