ताइवानमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएपछि जापानले ओकिनावा प्रान्तमा सुनामीको चेतावनी जारी गरेको छ ।
भूकम्प २५ वर्षयताकै शक्तिशाली भएको र यसको झट्का देशैभरि महसूस गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । भूकम्पमा परी हालसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
भूकम्पको केन्द्रबिन्दु ताइवानको पूर्वी प्रान्त हुआलिएन रहेको छ। ताइवानको केन्द्रीय मौसम प्रशासनका अनुसार भूकम्पको गहिराइ जमीनको सतहबाट १५.५ किलोमिटरमुनि रहेको छ।
भूकम्पले हुआलिएनका करीब २६ भवन ढलेका छन्।
भूकम्पकै कारण जापानको जल तथा मौसम विभागले देशको दक्षिणपश्चिम तटीय क्षेत्रमा तीन मिटर उँचो सुनामी आउन सक्ने पूर्वानुमान गरेको थियो। जापानको ओकिनावाको तटीय क्षेत्र खाली गर्न निर्देशन पनि दिइएको थियो।
७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प लगत्तै अर्को ६.५ म्याग्निच्यूडको पराकम्प पनि गएको ताइवानी अधिकारीहरूले जनाएका छन्। हाल उद्धार र राहत वितरण कार्य जारी छ।
.gif)