शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १० जनाको आवेदन स्वीकृत


पश्चिम प्रेस
बुधबार, चैत २१ २०८०
  • 583
    Shares

  • images
    images
    सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १० जनाको आवेदन स्वीकृत

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ ।
     उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा.डा. अक्कलदेव मिश्र,प्रा.डा.तारादत्त भट्ट,प्रा.डा. धुव्र कुमार गौतम र प्रा.डा पदम राज जोशीको आवेदन स्वीकृत भएको छ । त्यसैगरि प्रा.डा.पूर्ण वहादुर चन्द,प्रा.डा.भवानी दत्त जोशी,प्रा.यज्ञराज पाठक,राजेशकुमार ठगुराठी र प्रा.डा हेमराज पन्तको दरखास्त स्वीकृत भएको छ ।
     स्वीकृत उम्मेदवारहरुलाई यही चैत २७ भित्र विश्वविद्यलयसम्बन्धी आफ्ना सोचपत्र (भिजनपेपर) र विश्वविद्यालयको चार वर्षे कार्ययोजना (प्रोफेसनल वर्क प्लान) पेस गर्न समितिले आग्रह गरेको छ । तत्कालीन उपकुलपति प्रा डा अम्मराज जोशीको कार्यकाल गत फागुन १८ गते सकिएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुदूरपश्चिम विश्वविद्यालय
  • प्रतिक्रिया दिनुहोस