महेन्द्रनगर । एमसीसी आजै संसदबाट अनुमोदन गर्नेगरी तयारी भएको छ । आजको प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएसँगै बैठक साढे ६ बजेसम्मका लागि स्थगित गरिएको छ । साढे ६ बजेपछि बस्ने बैठकमा एमसीसी पारितका लागि निर्णयार्थ पेश गरिनेछ । यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।
.gif)