दोलखा । दोलखाको च्छोरोल्पा नर्सिङ कलेजमा अध्ययनरत एक युवती होस्टलको पाँच तलामाथिबाट हाम फालेर गम्भीर घाइते भएकी एक युवतीको मृत्यु भएको छ ।
बिहीबार दोलखा सदरमुकाम चरिकोटमा रहेको च्छोरोल्पा नर्सिङ कलेजमा नर्सिङ पहिलो वर्षमा अध्ययनरत अन्दाजी १९ वर्षीया करुणा अधिकारीले होस्टलको पाँच तलामाथिबाट हाम फालेकी थिइन्।
गम्भीर घाइते उनको गएराति ११ बजे उपचारका क्रममा भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
.gif)