सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

भारतको नैनीतालमा जिप दुर्घटना, ७ नेपाली कामदारको मृत्यु


पश्चिम प्रेस
मंगलबार, चैत २७ २०८०
  • 1.9K
    Shares

  • images
    images
    भारतको नैनीतालमा जिप दुर्घटना, ७ नेपाली कामदारको मृत्यु

    उत्तराखण्ड । सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सात जना नेपालीसहित सवारी चालक भारतीय नागरिकको मृत्यु भएको छ ।

    बेतालघाट पुलिस थानाका सब(ईन्सपेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धिरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी, तिलक चौधरी, उदयराम चौधरी र गोपाल बस्नेत छन् । मृतकको साथमा फेला परेको कागजातको आधारमा उनीहरु नेपालको साविक भेरी अञ्चल बबइका भएको बेतालघाट पुलिस थानाले जनाएको छ ।

    घटनास्थल वरपर नेपालीहरु सडक छेउमा पाइप बिछ्याउने काम गर्दथे । उनीहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारीमा सामान लोड गर्दागर्दै सवारी सडकदेखि तल झरेको अन्सारीले बताए।

    “काम गर्ने ठाउँ नजिकै दुर्घटना हुँदा सात नेपालीसहित स्थानीय चालकले ज्यान गुमाए,” उनले भने, “उनीहरुको शव नैनीताल सरकारी अस्पतालमा राखिएको छ ।” दुर्घटनामा परी धीरज चौधरीको श्रीमती शान्ति चौधरी र जनक चौधरी घाइते भएको उहाँले  जानकारी दिए।

    गाडी सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । दुर्घटनाको उद्धारमा राति प्रहरीलगायत ुस्टेट डिजास्टर रेस्पोन्स टिमुसमेत खटिएको सब(इन्सपेक्टर अन्सारीले बताए।


  • सम्बन्धित विषय:

  • # नैनीतालमा जिप दुर्घटना
  • प्रतिक्रिया दिनुहोस