महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालय आउँदो आइतबार (वैशाख ९ गते) मा चौथो दीक्षान्त समारोह गर्ने भएको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
उक्त पत्रकार सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालयकी परीक्षा नियन्त्रक अनुराधा रोकायाले कुल एक हजार ३ सय ३७ विद्यार्थी मध्ये ३ सय ७६ जना दीक्षित हुने बत्ताइन् ‘‘यो वर्ष हामीले पहिलो पटक अनलाइन फारम सङ्कलन गरेका थियौँ, अनलाइन फारामले टाढा बस्ने विद्यार्थीलाई सहजता भएको छ’, परीक्षा नियन्त्रक रोकायाले भनिन् ।
उनका अनुसार दीक्षित हुनेमा कृषि विज्ञान सङ्कायतर्फ स्नातक गर्ने ३० जना, शिक्षातर्फ स्नातक गर्ने ४४ जना, नेपाली विषयमा एमफिल गर्ने २ जना, स्नातकोत्तर गर्ने ५४ जना दीक्षित हुने भएका छन् । यस्तै इन्जिनियरिङ सङ्कायतर्फ सिभिल इन्जिनियरिङमा स्नातक गर्ने १७ जना, मानविकी तथा सामाजिक विज्ञानतर्फ बि.ए. गर्ने २९ जना, अङ्ग्रेजीमा स्नातकोत्तर गर्ने २ जना, ग्रामीण विकासमा स्नातकोत्तर गर्ने २२ जना, समाजशास्त्रमा स्नातकोत्तर गर्ने १३ जना र अङ्ग्रेजीमा एमफिल गर्ने २ जना दीक्षित हुने भएका हुन् ।
यसै गरी व्यवस्थापन सङ्कायतर्फ बि.बि.ए.का ३९ जना, बि.बि.एस.का ८७ जना, एम.बि.एम.का १३ जना र विज्ञान र प्रविधि सङ्कायतर्फ सी.एस.आ.टी.का २० जना र बी.आ.टी.का २ जना गरी जम्मा ३ सय ७६ जना विद्यार्थी दीक्षित हुन लागेका हुन् ।
व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस स्नातकोत्तर तहका विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियर सङ्काय स्नातक तहका नवीन प्रसाद भट्टलाई भाइस चान्सलर पदक पाउने भएका छन्। यस्तै निरा कुमारी जोशी, गणेश दत्त शर्मा, वीरेन्द्र चौधरी, हरि प्रसाद अवस्थी, अभिषेक गिरी, सुनिल थापा, नवीन प्रसाद जोशी, टार्जन भण्डारीले गोल्ड मेडल पाउन लागेका छन् । यस पटक एमफिल तर्फ पनि चार विद्यार्थी दीक्षित हुन लागेका छन् । शिक्षा र मानविकी संकायका २/२विद्यार्थी दीक्षित हुन लागेका छन् ।
प्रधानमन्त्री एव सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ९प्रचण्ड०को अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवान सिंह रावतको प्रमुख आतिथ्यमा हुने छ । उक्त दीक्षान्त समारोहमाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सहितको सहभागिता हुने छ ।
.gif)