मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

आफ्नै श्रीमतीलाई बन्चरो हानेर हत्या गर्ने डडेल्धुराका देउवा पक्राउ


पश्चिम प्रेस
बुधबार, वैशाख १९ २०८१
  • 422
    Shares

  • images
    images
    आफ्नै श्रीमतीलाई बन्चरो हानेर हत्या गर्ने डडेल्धुराका देउवा पक्राउ

    डडेल्धुरा । डडेल्धुरामा एक जनाले बन्चरोले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन्।

    ३८ वर्षीया डम्बरीदेवी देउवाको बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ। कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गरि बन्चरो प्रहार गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन्।

    त्यसपछि प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • सम्बन्धित विषय:

  • # बन्चरो हानेर
  • प्रतिक्रिया दिनुहोस