महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।
जिल्लाको बेलौरी नगरपालिका–७ कालोपुलबाट कैलालीको धनगढी उपमहानगरपालिका–६ का २८ वर्षीय ओमप्रकाश चौधरी पक्राउ परेका हुन्। चौधरीलाई २.३५ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिईएको हो।
यस्तै भीमदत्त नगरपालिका-११ गड्डाचौकीको होल्डिङ्ग सेन्टर ७ नम्बर पिल्लर नजिकबाट भीमदत्त नगरपालिका–१९ बस्ने २० वर्षीय अरुण राना पक्राउ परेका छन्। भारतबाट नेपाल आउदै गरेको रानालाई २.८२ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिएको हो। लागूऔषधसहित दुबैजनाई बुधवार नियन्त्रणमा लिईका यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
.gif)