मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाजुराको स्वामीकार्तिकमा आगलागी, तीन घर नष्ट


पश्चिम प्रेस
आइतबार, वैशाख २३ २०८१
  • 253
    Shares

  • images
    images
    बाजुराको स्वामीकार्तिकमा आगलागी, तीन घर नष्ट

    बाजुरा । जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी हुँदा तीन घर जलेका छन्। 

    जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशुचौपाया  क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन्।

    गाउँपालिका–३ जुकोटको जुकुमा स्थानीय अमर कट्टेलको गोठबाट शुरु भएको आगो प्रकाश कट्टेल र पदम कट्टेलको घरमा सल्किएको थियो। स्थानीय र प्रहरीको सक्रियतामा आगो निभाइएको थियो। 

    गत बिहीबार दिउँसो बुढीगंगा नगरपालिकास्थित सामुदायिक वनमा लागेको आगोले सोही पालिकाको वडा न ४ का मोहन नेपालीको घर जलेको थियो। 

    आगलागीका घटना दैनिक बढ्दै गए तापनि जिल्ला विपद् व्यवस्थापन समिति र  स्थानीय पालिकाले विपद् प्रतिकार्यमा कुनै चासो नदेखाएका तथा आफूहरूलाई सहयोग नगरेको आरोप पीडितले लगाएका छन्। 


  • सम्बन्धित विषय:

  • # आगलागी
  • प्रतिक्रिया दिनुहोस