काठमाडौ । नेपाली कांग्रेसले एमसीसी पास गर्न प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि सहयोग गरेको बताएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले औपचारिक सहभागिता नभए पनि एमालेले पनि सहयोग गरेको बताएका हुन । पत्रकार सम्मेलनमा उनले पार्टी सभापति देउवाको सुझबुझ, धैर्यताका कारण एमसीसी संसदबाट अनुमोदन सम्भव भएको बताए । एमसीसीमा नेपालको संसदले गरेको घोषणालाई अमेरिकाले पनि स्वीकार गरेको भन्दै उनले हाम्रो बुझाइ र अमेरिका बुझाइमा समानता रहेको बताए ।
.gif)