सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु


पश्चिम प्रेस
मंगलबार, वैशाख २५ २०८१
  • 384
    Shares

  • images
    images
    अछाममा चट्याङ लागेर ६ वर्षीय बालकको मृत्यु

    अछाम । चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्युु भएको छ । सोमबार राति हुरीबताससँगै परेको चट्याङले उनको मृत्यु भएको सोही वडाका पूर्वअध्यक्ष खड्कबहादुर भण्डारीले बताए।

    चट्याङले एकै परिवारका तीन घाइते, घर नष्ट

    यसैबीच, डडेल्धुरामा चट्याङले एकै घरका तीनजना घाइते भएका छन्भने घर पूर्ण रूपमा नष्ट भएको छ । सोमबार बेलुका परेको चट्याङले अमरगढी नगरपालिका–३ कोटेउडाका देवराज पाण्डेय, उनकी श्रीमती चन्द्रावतीदेवी र छोरा दिपेश घाइते भएका हुन् ।स्थानीय विष्णु पाण्डेयका अनुसार घाइते उनीहरूको अवस्था सामान्य छ  । 


  • सम्बन्धित विषय:

  • # चट्याङ
  • प्रतिक्रिया दिनुहोस