मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु


पश्चिम प्रेस
मंगलबार, वैशाख २५ २०८१
  • 610
    Shares

  • images
    images
    कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु

    महेन्द्रनगर । कञ्चनपुरमा सेफ्टी ट्याङ्कीमा खसेर एक बालकको मृत्यु भएको छ।

    प्रहरीका अनुसार जिल्लाको कृष्णपुर नगरपालिका३ चित्रपुरका शिवा रानाका डेढ वर्षीय छोरा लिवन रानाको मृत्यु भएको हो।

    सोही ठाउँ बस्ने रमेश रानाको चालु अवस्थामा रहेको ढक्कन खुल्ला गरि राखेको सेफ्टी ट्याङ्कीमा खसेर अचेत अवस्थामा फेला परेका थिए ।

    बालकलाई उपचारको लागि धनगढी स्थित मायामेट्रो अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस