मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला पक्राउ


पश्चिम प्रेस
बुधबार, वैशाख २६ २०८१
  • 662
    Shares

  • images
    images
    कञ्चनपुरमा कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला पक्राउ

    महेन्द्रनगर । कर्तव्य ज्यान मुद्दामा फरार दुई महिला कञ्चनपुरमा पक्राउ परेका छन्।

    प्रहरीका अनुसार २०७७ बैशाख १६ गते ती दुबै महिलालाई पक्राउ गर्न जिल्ला अदालत कञ्चनपुरले पक्राउ पुर्जी जारी गरेको थियो। सोही पक्राउ पुर्जीका आधारमा कृष्णपुर नगरपालिका–४ की २६ वर्षीया पार्वती सार्की र सोही स्थानकी ३४ वर्षीया रितु सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

    मंगलबार इलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले दुबै महिलालाई नियन्त्रणमा लिएको हो। अहिले पाँच दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


    प्रतिक्रिया दिनुहोस