महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले लिने विश्वासको मत अझै अनिश्चित बनेको छ ।
गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोराडीले नियुक्ति भएको २१ दिन पुग्दा समेत कुन दिन र कहिले विश्वासको मत दिने भन्ने अझै सुनिश्चित भएको छैन । नियुक्ति भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
शुक्रबार विश्वासको मत लिने गरि तयारी गरेका मुख्यमन्त्री सोडारीले एमालेले विश्वासको मत नदिने बताएपछि शनिवार साँझ ५ः३० बजे सम्मको लागि बैठक स्थगित गरेका थिए । एमालेलाई मनाउने गरि बैठक स्थगित गरेका मुख्यमन्त्रीले अर्को बैठक राख्दा पनि छलफल नगरेको भन्दै एमाले थप चिढिएको थियो ।
तत्काल एमालेले विश्वासको मत नदिने देखिएपछि अनिश्चितसम्मको लागि प्रदेश सभा बैठक स्थगित गरिएको छ । विश्वासको मतका विषयमा केन्द्रीय नेतृत्वसँग परामर्श गर्न शनिबार नै एमाले नेताहरू काठमाडौँ गएका थिए ।
ओलीले पनि तत्काल विश्वासको मत दिन हतार नगर्न सांसदहरूलाई निर्देशन दिएका थिए ।
.gif)