काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले करिब २ करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्र छपाउनका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको छ । आयोगले सोमबार नियमित पत्रकार भेटमा आपूर्तिकर्ता कम्पनीसँग ११ करोडमा कागज खरिदका लागि सम्झौता भएको बताएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले सरकारसंग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गरेको छ ।
.gif)