शनिबार, कात्तिक २२ गते २०८३ || Nov 7, 2026
  • यो साता चर्चामा :

रुसी सेनामा कार्यरत कञ्चनपुरका विराजनको मृत्यु, कुशको शव बनाएर अन्त्येष्टि


पश्चिम प्रेस
बिहीबार , वैशाख २७ २०८१
  • 1.1K
    Shares

  • images
    images
    रुसी सेनामा कार्यरत कञ्चनपुरका विराजनको मृत्यु, कुशको शव बनाएर अन्त्येष्टि

    महेन्द्रनगर । रुसी सेनामा कार्यरत कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।

    कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरमा बसोबास गर्ने विष्टको परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान कुशको शव बनाएर अन्त्येष्टि गरेका हुन् ।

    पूर्वनेपाली सेना समेत रहेका विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए । गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए ।

    नेपाल सरकारबाट भने विराजनको मृत्युको पुष्टि भएको छैन । हालसम्म रुसी सेनामा गएका ४१ जना नेपालीको मृत्यु भइसकेको खबर आएको उनले बताइन् ।


  • सम्बन्धित विषय:

  • # रुसी सेना
  • प्रतिक्रिया दिनुहोस