मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

शुक्लाफाँटाका किसानलाई १ सय ३० क्विन्टल उन्नत जातको बीउ वितरण


पश्चिम प्रेस
मंगलबार, जेठ १ २०८१
  • 513
    Shares

  • images
    images
    शुक्लाफाँटाका किसानलाई १ सय ३० क्विन्टल उन्नत जातको बीउ वितरण

    महेन्द्रनगर । उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन  शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ । 

    चालु आर्थिक वर्षको स्वीकृत खाद्यान्न बालीको बीउबिजन उत्पादन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा किसानलाई धानको बीउ वितरण गरिएको हो । नगरपालिकाका १२ वटै वडाका सहकारी, समूह र कृषि फार्ममार्फत किसानलाई अनुदानमा धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरले बताए। 

    “किसानलाई साँवा मन्सुली २० क्विन्टल, सुक्खा तीन २३ क्विन्टल, राधा चार ४२ क्विन्टल र सर्जु बाउन्न ४२ क्विन्टल धानको बीउ किसानलाई वितरण गरिएको छ”, शाखा प्रमुख बुढाऐरले भने, “चालिस बिघा खेतमा पुग्ने गरी धानको बीउ वितरण भएको छ ।” उन्नत जातको धानको क्षेत्र विस्तार गरी उत्पादन बढाउन प्रत्येक वर्ष शाखाले माटो सुहाउँदो बीउ अनुदानमा वितरण गर्दै आएको उनले जानकारी दिए। 


    प्रतिक्रिया दिनुहोस