सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ


पश्चिम प्रेस
बुधबार, जेठ २ २०८१
  • 404
    Shares

  • images
    images
    कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित ३ युवक पक्राउ परेका छन्।

    जिल्लाको बेलौरी नगरपालिका–७ कालोपुलबाट शुँक्लाफाटा नगरपालिका–१ वन्साह बस्ने २१ वर्षीय पारश बिष्ट र १८ वर्षीय किशोर ०.२३ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित पक्राउ परेका हुन्। यी दुबै जनाको साथबाट मोटरसाईकल १ थान समेत नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

    यस्तै बेलौरी नगरपालिका–६ नकैयाबाट कैलालीको गोदावरी नगरपालिका–२ अत्तरीया बस्ने २५ वर्षीय समिर बसुवालाई २.५६ ग्राम खैरो हेरोईनसहित नियन्त्रणमा लिईएको कञ्चनपुर प्रहरीले जनाएको छ। खैरोहेरोईनसहित मंगलवार तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जनाइएको छ। 


  • सम्बन्धित विषय:

  • # लागूऔषध
  • प्रतिक्रिया दिनुहोस