मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान बनाउदै बैजनाथ मावि


पश्चिम प्रेस
मंगलबार, जेठ ८ २०८१
  • 441
    Shares

  • images
    images
    महेन्द्रनगरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान बनाउदै बैजनाथ मावि
    महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रियस्तरको क्रिकेट खेल मैदान निर्माण सुरु गरिएको छ । महेन्द्रनगरस्थित बैजनाथ माध्यमिक विद्यालयले पूर्वविद्यार्थीहरुको सहयोगमा विद्यालय परिसरमा राष्ट्रियस्तरको खेल मैदान बनाउन लागेको हो । 
     
    खेल मैदानका लागि जग्गा रेखाङ्कन गरी माटो भर्ने काम भइरहेको वैजनाथ माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अच्युत कलौनीले जानकारी दिए। 
     
    “अहिले पाँच/छ लाख लागतमा माटो भर्ने काम भइरहेको छ”, कलौनीले भने, “महेन्द्रनगरमा क्रिकेट खेलाडीका लागि मैदान अभाव भएकाले विद्यालय खेल मैदान बनाउन लागेको हो ।” उहाँले कञ्चनपुर क्षमतावान खेलाडी उत्पादन गर्ने ठाउँ भएकाले यहाँ खेल मैदानको आवश्यकता रहेको बताए। सुदूरपश्चिमलाई क्रिकेट खेलाडीको उर्वरभूमिको रुपमा लिइन्छ ।
     
    दीपेन्द्रसिंह ऐरी, भीम सार्की, विनोद भण्डारी, सन्दीप जोरालगायतका राष्ट्रिय खेलाडी कञ्चनपुरकै उत्पादन हुन् । तर खेलाडीलाई अभ्यास गर्नका लागि भने गतिलो खेलमैदान छैन । 
     
    निर्माणाधीन खेल मैदानको स्थलगत निरीक्षण गर्दै नेपाल क्रिकेट सङ्घ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले सरकारले राष्ट्रियस्तरको खेलमैदान बनाउन सहयोग गरे स्रोतसाधन र कर्मचारी व्यवस्थापनको जिम्मा क्रिकेट सङ्घले लिने बताए। “हामीले पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण गर्न सकेका छैनौँ”, अध्यक्ष चन्दले भने, “सरकारले पूर्वाधार निमार्णमा लगानी गरिदिए क्रिकेटको विकासमा टेवा पुग्छ ।” 
     
    उनले अहिले पनि नेपाली राष्ट्रिय क्रिकेट टिममा सुदूरपश्चिमकै खेलाडीको वर्चस्व रहेको बताउँदै ग्रासरुटमा क्रिकेट अभ्यासका संरचना बन्नुपर्ने बताए। “यहाँ खेल मैदान बन्न सक्यो भने हामी राष्ट्रियस्तरका प्रतियोगिता यहाँ खेलाउन सक्छौँ”, उनले भने, “खेल संरचना निर्माणमा राज्यको लगानी हुन जरुरी छ ।” 
     
    क्रिकेट खेलका लागि पूर्वाधार निर्माणमा राज्यको ध्यान जान नसकेको स्थानीय विसनदत्त जोशीले बताए। “राज्यको ध्यान खेलकुदको विकासमा गएको देखिदैन”, उनले भने, “आगामी वर्षको बजेटमा खेलकुदलाई पनि प्राथमिकतामा राखेर सरकारले खेलपूर्वाधार निमार्णमा जोड दिनुपर्छ ।”


  • सम्बन्धित विषय:

  • # बैजनाथ मावि
  • प्रतिक्रिया दिनुहोस