शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी


पश्चिम प्रेस
शनिबार, जेठ १२ २०८१
  • 481
    Shares

  • images
    images
    खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा कमी

    खप्तड । खप्तड राष्ट्रिय निकुञ्जबाट सङ्कलन हुने राजस्वमा बर्सेनि कमी हुँदै गएको पाइएको छ । निकुञ्जले आयोजना गरेको सरोकार भएकासँगको समन्वय बैठकमा राजस्व सङ्कलन चुनौती बनेको बताइएको छ । 

    चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म रु तीन लाख ३६ हजार १० मात्रै राजस्व सङ्कलन भएको निकुञ्जका कार्यालय प्रमुख सरोजमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार सो अवधिमा एक हजार तीन सय चार जनाले खप्तडको भ्रमण गरेका छन् । 

    पौडेलका अनुसार आव २०७९/८० मा रु सात लाख ८७ हजार छ सय २६ राजस्व सङ्कलन भएको थियो भने दुई हजार आठ सय ९१ जना पर्यटकले खप्तडको भ्रमण गरेका थिए । आव २०७८/७९ मा दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरेकामा रु नौ लाख २० हजार आठ सय २९ राजस्व सङ्कलन भएको राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । 

    राजस्वको प्रमुख स्रोत पर्यटकले काट्ने टिकट हो । पछिल्लो समय केही पर्यटकले टिकट बिनै खप्तडको भ्रमण गरिदिँदा राजस्व सङ्कलनमा कमी आएको निकुञ्ज प्रमुख पौडेलको भनाइ छ । विभिन्न बहानामा टिकट नकाट्ने र टिकट छल्ने प्रवृत्ति बढ्दै जाँदा राजस्व सङ्कलनमा कमी आउनुका साथै भ्रमणका क्रममा बिरामी परे उद्दारमा कठिनाइसमेत हुने गरेको उनले बताए ।

    हजारौँ रकम खर्च गरेर खप्तड भ्रमण गर्न आउने केही पर्यटकले एक सयको टिकट काट्न आनाकानी गर्दा पर्यटक व्यवस्थापन तथा आपत्कालीन उद्दारमा समेत समस्या हुने गरेको पौडेलले बताए।

    उहाँका अनुसार निकुञ्जमा प्रवेश शुल्क प्रतिव्यक्ति स्वदेशीका लागि रु एक सय, सार्क मुलुकका नागरिकलाई रु पाँच सय र अन्य विदेशीका लागि रु एक हजार पाँच सय तोकिएको छ ।

     


  • सम्बन्धित विषय:

  • # खप्तड राष्ट्रिय निकुञ्ज
  • प्रतिक्रिया दिनुहोस