शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल


पश्चिम प्रेस
सोमबार, वैशाख २४ २०८१
  • 642
    Shares

  • images
    images
    बेसरम झारले ढाकिँदै घोडाघोडी ताल
    कैलाली ।  विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र) का रुपमा परिचित घोडाघोडीतालको उत्तर क्षेत्र र पूर्वी क्षेत्र बेसरम झारले ढाकेको हो । घोडाघोडी तालको सात दशमलव पाँच हेक्टर क्षेत्रफल मिचाह प्रजाति बेसरमले ढाकेको पक्षी संरक्षण सङ्घका सकजकर्ता हिरुलाल डगौराले जानकारी दिए। 
     
    यसैबीच, उक्त मिचाहा प्रजाति तालको केही भागमा हटाइएको छ । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर मिचाहा प्रजाति बेसरम झार हटाएको डिभिजन वनकार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए। “हाल तीन लाख बजेट विनियोजन गरी मिचाहा प्रजाति हटाएका छौँ,” अधिकृत ठाकुरले भने, “ताल ढाकिएको सम्पूर्ण क्षेत्रमा हटाउनका लागि बजेट अपुग छ ।” 
     
    उनका अनुुसार यो सुुरुआती चरण हो । हाललाई दुई दशमवलव पाँच हेक्टर क्षेत्रफलमा सफाइ गरिएको छ । आगामी दिनमा स्थानीय तह, सुरक्षा निकाय र संरक्षणमा सक्रिय सङ्घसंस्थाहरुले मिचाह प्रजाति नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । 
     
    यसअघि मिचाह प्रजाति हटाउने कार्य सिमसार संरक्षण सदुपयोग आयोजना र चरा सरक्षण नेटवर्क कैलालीले गरेका थिए । पछि बजेट अभावका कारण नियमित गर्न नसकेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए। उनले भने, “बेसरम झार सफाइ गरिएन भने सो क्षेत्र घाँसेमैदानका रुपमा परिणत हुुन जान्छ । हामीले सफाइ सुुरु गरेका थियौँ तर बजेटका कारण नियमित गर्न सकेनौँ । सात वर्षपछि डिभिजन वन कार्यालय पहलमानपुरले सफाइ सुुरु गरेको छ । यो निकै राम्रो हो ।”
     
    घोडाघोडी ताल सफाइका लागि सिमसार क्षेत्रमा आश्रित १७ जना स्थानीय खटाइएको थियो । घोडाघोडी तालसँगै यसका २३ वटा सहायक ताल पनि सङ्कटमा पर्दै गएका छन् ।


  • सम्बन्धित विषय:

  • # घोडाघोडी ताल
  • प्रतिक्रिया दिनुहोस