मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

तेस्रो पटक आईपिएलको फाइनलमा हैदराबाद


पश्चिम प्रेस
शनिबार, जेठ १२ २०८१
  • 546
    Shares

  • images
    images
    तेस्रो पटक आईपिएलको फाइनलमा हैदराबाद

    नयाँ दिल्ली । सनराइजर्स हैदराबाद तेस्रो पटक इन्डियन प्रिमियर लिग (आईपिएल)को फाइनलमा प्रवेश गरेको छ। गएराती (शुक्रबार) भएको फाइनलमा हैदराबादले राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै ६ वर्षपछि फाइनलमा स्थान बनाएको हो । 

    यसअघि २०१८ मा हैदराबाद फाइनलमा प्रवेश गरेको थियो। उक्त फाइनलमा हैदराबाद चेन्नईसँग ८ विकेटले पराजित भएको थियो। त्यसअघि २०१६ मा रोयल्स च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै हैदराबाद च्याम्पियन बनेको थियो।

    गएराती चेन्नईमा भएको खेलमा पहिले ब्याटिङ गर्दै हैदराबादले ९ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। हैदराबादका लागि हेनरिच क्लासेनले ५० रनको अर्धशतकीय इनिङ खेल्दा ट्रभिस हेडले ३४ रन बनाएका थिए। त्यस्तै, अभिसेक शर्माले १२ रन बनाउँदा राहुल त्रिपाठीले ३७ रन बनाए। सहबाज अहमेदले १८ रन बनाए।

    जवाफमा १ सय ७६ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो। उसका लागि ध्रुव जुरेलले अविजित ५६ रन बनाउँदा यशस्वी जैसवालले ४२ रन बनाए।

    त्यस्तै, टोम खोलेर क्याडमोर र सन्जु स्यामसनले १०(१० रन बनाउँदा अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।


  • सम्बन्धित विषय:

  • # आईपीएल
  • प्रतिक्रिया दिनुहोस