महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा अधिकतम तापक्रम ४२.२ डिग्री सेल्सियस मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बिहीवार बेलुका पौने ६ बजे अधिकतम तापक्रम ४२ं.२ डिग्री सेल्सियस मापन गरिएको हो ।
गर्मी अत्यधिक बढेपछि पश्चिम तराईका जिल्लाहरुामा जनजीवन कष्टकर बनेको छ। केही दिनयता तातो हावा चल्न थालेको छ। गर्मी बढेपछि भीमदत्त नगरपालिका लगायत अन्य पालिकाहरुले सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
.gif)