मंगलबार, कात्तिक २५ गते २०८३ || Nov 10, 2026
  • यो साता चर्चामा :

डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते


पश्चिम प्रेस
बुधबार, जेठ २३ २०८१
  • 472
    Shares

  • images
    images
    डोटीमा जिप दुर्घटनाः दुईजनाको मृत्यु, सात घाइते

    डोटी । दार्चुलाबाट धनगढीतर्फ गइरहेको यात्रुवाहक जिप डोटीको जोरायल गाउँपालिका–१ खडिनामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार आज बिहान भएको दुर्घटनामा दार्चुलाको लेकम गाउँपालिका–४ पैतोलीकी ४० वर्षीया धौलीदेवी धामीको घटनास्थलमै र सोही वडाकी तीन वर्षीया बालिका रीतिका पार्कीको उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उक्त जिपमा चालकसहित नौजना सवार थिए ।


    प्रतिक्रिया दिनुहोस