शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

भारतको नानकमत्तामा मोटरसाइकल दुर्घटना हुँदा दुई नेपालीको मृत्यु


पश्चिम प्रेस
सोमबार, जेठ २८ २०८१
  • 7.1K
    Shares

  • images
    images
    भारतको नानकमत्तामा मोटरसाइकल दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

    महेन्द्रनगर । भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमत्तामा भएको मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–३ का २४ वर्षीय सागर परियार र भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय निखिल जैरु रहेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूको आइतबार कारसँग ठोक्किएर दुर्घटना भएको हो । मोटरसाइकल नम्बर भने खुलेको छैन । उनीहरूको पोष्टमार्टम गरेर शव आफन्तले ल्याइसकेका छन् । दुर्घटनामा परी घाइते भएका एक जना उपचारपछि निको भएर घर फर्किएको डीएसपी जोशीले बताए । घाइतेको नाम नखुलेको उनले बताए ।

     


    प्रतिक्रिया दिनुहोस