महेन्द्रनगर । भारतको पिथौरागढमा सञ्चालित नेपाल–भारत गुणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ ।
नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना फौजको सहभागिता रहेको अभ्यास यही असोज ४ देखि १६ गतेसम्म भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । सैनिक युद्धकला, प्राकृतिक प्रकोप एवम् कोभिड–१९ महामारीजस्ता विपद्का बेला सुरक्षा फौजको भूमिकाको व्यावहारिक अभ्यासका साथै सहभागी फौजले आ–आफ्नो पेसागत अनुभवसमेत अभ्यासका क्रममा साटासाट गरेको जनाइएको छ ।
संयुक्त सैनिक अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन तथा सकल दर्जामा आधारभूत सैनिक सीपको विकास एवम् आपसी समझदारी बढाउन योगदान पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।
.gif)