मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दाकाे सुनुवाइ सकियाे, आजै आदेश आउने


पश्चिम प्रेस
बिहीबार , असार २१ २०८१
  • 673
    Shares

  • images
    images
    गृहमन्त्री लामिछानेविरुद्धकाे मुद्दाकाे सुनुवाइ सकियाे, आजै आदेश आउने

    काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजै आदेश आउने भएकाे छ । मंगलबार र बुधबार दुई दिनमा बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ राखिएको मुद्दामा बिहीबार जवाफी बहस सकिएसँगै अब आदेश हुने भएको हो ।

    न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै आदेश आउन लागेकाे हाे । मंगलबार रिटकर्ता अधिवक्ता अनुपम भट्टराई र सहकारीपीडितका तर्फबाट जबाफी बहस भएको थियो।
    अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष नहुने भनी निलम्बनको मागसहित गत जेठ १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

    अधिवक्ता भट्टराईले दायर गरेको रिटमा लामिछानेविरुद्ध सहकारी ठगीको कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता दीनमणि पोखरेलको पत्र खारेज गर्नसमेत माग गरिएको थियो । 


  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस