काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।
यही बुधबार नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।
यसका लागि उनले असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको कार्यसूचीमा समावेश गरिदिन संसद् सचिवालयलाई शुक्रबार पत्र लेखेका छन् ।
उनले अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।
.gif)