सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

महेन्द्रनगर बसपार्कबाट लागूऔषध सहित ३ जना पक्राउ


पश्चिम प्रेस
शनिबार, असार २३ २०८१
  • 405
    Shares

  • images
    images
    महेन्द्रनगर बसपार्कबाट लागूऔषध सहित ३ जना पक्राउ

    महेन्द्रनगर । कञ्चनपुरबाट लागूऔषध सहित प्रहरीले ३ जना पक्राउ परेका छन् । शुक्रबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध खैरो हेरोइन सहित जिल्लाको भीमदत्त नगरपालिका–४ बसपार्कबाट ३ जनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा बझाङको खप्तड छान्ना गाउँपालिका – ३ घर भई हाल भीमदत्त नगरपालिका – ४ बसपार्क स्थित कोठा गरि बस्ने बर्ष २८ को सुजल खड्का र उनकै कोठामा बसिरहेका भीमदत्त नगरपालिका–६ का २९ वर्षीय गणेश बिक, भीमदत्त नगरपालिका – १५ का २७ वर्षीय प्रकाश भण्डारी रहेको प्रदेश प्रहरीले जनाएको छ ।

    प्रहरीले शंकास्पद रुपमा बसिरहेको अबस्थामा खान तलासी गर्दा प्रकाश भण्डारीको साथबाट ०.०९ ग्राम र खाटमुनि फालेको अवस्थामा १.१८ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जनाएको छ ।


  • सम्बन्धित विषय:

  • # पक्राउ
  • प्रतिक्रिया दिनुहोस