कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से ३ प ५६९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालीमा खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका–८ का कृष्ण चौधरीको शनिबार बिहान उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार सोही स्थानका २८ वर्षीय यादव चौधरी सामान्य घाइते भएक छन्।
.gif)