सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द


पश्चिम प्रेस
आइतबार, असार २४ २०८१
  • 754
    Shares

  • images
    images
    मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द

    बाजुरा ।  जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक पाँच दिनदेखि बन्द छ । लगातारको वर्षाका कारण बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी देव चौधरीले जानकारी दिए।

    वर्षाका कारण पहिरो बग्न थालेपछि मार्तडी–कोल्टी चल्ने जिप तथा मालवाहक सवारीसाधन ठप्प छन् । कोल्टी क्षेत्रमा सञ्चालन हुँदै आएका सवारीसाधन बन्द भएपछि आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ । मार्तडी–कोल्टी सडक वर्षायाममा प्रायः अवरुद्ध हुने गरेको छ ।  


  • सम्बन्धित विषय:

  • # मार्तडी–कोल्टी सडक
  • प्रतिक्रिया दिनुहोस