महेन्द्रनगर । लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाव बढिरहेको छ । पानी २ लाख क्युसेक भन्दा माथी पुगेकाले महाकालीमा नेपाल तर्फका सबै ढोका खोलिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
नेपाल तर्फका सबै ढोका खोलेपछि तटीय क्षेत्रका बस्तीहरू प्रभावित भएका छन् । दोधारा चाँदनी लगायत बस्तीहरूमा पानी पसेपछि अहिले पनि उद्धारको काम चलिरहेको छ।
नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा तीन दिनदेखि चार पाङ्ग्रे सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
.gif)