शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

दोधारा चाँदनीमा २४ घण्टामा ६२५.२ मिलिमिटर वर्षा


पश्चिम प्रेस
सोमबार, असार २५ २०८१
  • 431
    Shares

  • images
    images
    दोधारा चाँदनीमा २४ घण्टामा ६२५.२ मिलिमिटर वर्षा

    महेन्द्रनगर । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका कञ्चनपुर, कैलाली, डडेलधुरा र डोटीमा अत्यधिक वर्षा मापन गरिएको छ । 

    जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार सबैभन्दा बढी वर्षा कञ्चनपुरको दोधारा चाँदनीमा भएको छ । यहाँ पछिल्लो २४ घण्टामा ६२५.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी कञ्चनपुरको हनुमान नगरमा ५६८ मिलिमिटर, सुन्दरपुरमा ४१९.२ मिलिमिटर, बेलौरीमा १५५ मिलिमिटर वर्षा भएको छ । 

    कैलालीको चुरे गाउँपालिकास्थित गर्भ दरबारमा २६७.६ मिलिमिटर वर्षा मापन भएको छ भने धनगढी एयरपोर्टमा १४१.८ मिलिमिटर वर्षा भएको छ । डडेलधुराको साहु खर्कमा २०४।६ मिलिमिटर र डोटीको गैरामा १८० मिलिमिटर वर्ष भएको छ ।

    देशका २६९ वर्षा मापन केन्द्रमा पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा धरै पानी परेको रेकर्ड छ ।

    मौसम विज्ञान विभागका मौसमविद्यका अनुसार यस पटक कञ्चनपुरमा अस्वाभाविक वर्षा भएको छ । शुक्रवारदेखि तीन दिनसम्म लगातार पानी परेपछि महाकाली नदीमा बाढीको सतह बढेको थियो भने साना नदीहरूमा पनि बाढी बढेको थियो । 


  • सम्बन्धित विषय:

  • # भारी वर्षा
  • प्रतिक्रिया दिनुहोस