मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बाढीले कञ्चनपुरको चौधर नदीको नहर फुट्यो, बस्ती जोखिममा


पश्चिम प्रेस
सोमबार, असार २५ २०८१
  • 510
    Shares

  • images
    images
    बाढीले कञ्चनपुरको चौधर नदीको नहर फुट्यो, बस्ती जोखिममा

    महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी स्थिति चौधर नदीमा आएको बाढीले नहर फुटाएको छ। जिल्लाको बेलडाँडी गाउँपालिका–५ स्थित गणेश मावि भुर्सा नजिकै चौधर नदीमा आएको बाढीले शिवनगरमा मुख्य नहर फुटेको हो।

    नहर फुटेपछि चौधर नदीको पानी बस्तीमा पसिसकेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार ईमिलिया, झिलमिला, बैवाह, चवन्नी, खौरिघाट र बेलौरी नगरपालिका भुडा, शिवनगर, सडघाटका गाउँ डुबानको जोखिममा छन्। 


  • सम्बन्धित विषय:

  • # जोखिम
  • प्रतिक्रिया दिनुहोस