सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध


पश्चिम प्रेस
सोमबार, असार २५ २०८१
  • 520
    Shares

  • images
    images
    खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध

     बैतडी । अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनःअवरुद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरुद्ध भएको हो ।

    जिल्लाको पाटन नगरपालिका–८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । सडक अवरुद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

    अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताउँदै प्रनि पाण्डेयले निरन्तरको वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको जानकारी दिए । यसअघि असार २३  गते  बिहान पनि सोही स्थानमा पहिरो खस्दा राजमार्ग बन्द भएको थियो । यही असार २२ गते सिगास गाउँपालिका–९ को आलुगैरामा पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग गएरातिदेखि सञ्चालन भएको थियो ।

    बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् । “अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणमा आग्रह गर्दछौँ”, उनले भने, “सुरक्षामा खटिनुभएका सबैले सावधानी अपनाएर उद्धारमा जुट्नुपर्ने अवस्था आएकाले सोहीअनुसार काम गर्न अनुरोध गर्दछौँ ।”


  • सम्बन्धित विषय:

  • # जयपृथ्वी राजमार्ग
  • प्रतिक्रिया दिनुहोस