आइतबार, कात्तिक २३ गते २०८३ || Nov 8, 2026
  • यो साता चर्चामा :

सर्पले दुई पटक टोक्दा जब युवकले सर्पलाई ३ पटक टोके...


पश्चिम प्रेस
सोमबार, असार २५ २०८१
  • 669
    Shares

  • images
    images
    सर्पले दुई पटक टोक्दा जब युवकले सर्पलाई ३ पटक टोके...

    बिहार । सर्पले टोकेर मान्छेको ज्यान गएको कुरा धेरै सुनिन्छ तर भारतमा एउटा इसतो छटना घटेको छ जो अहिले सामाजिक सञ्जालमा भइरल बनिरहेको छ । स

    घटना भारतको बिहारको हो । बिहारको नवादाका बासिन्दा सन्तोष लोहार रेल्वे लाइन बिछ्याउने काम गर्छन् । रातीको समयमा उनी आफ्नो क्याम्पमा सुतिरहेका थिए । त्यही बेला एउटा सर्पले उनलाई आक्रमण गर्‍यो । तर सर्पलाई यो आक्रमण महँगो साबित भयो । सन्तोषले सर्पबाट तर्सिएनन् । बरु, उनले एउटा फलामको रडको सहारा लिएर सर्पलाई समात्थे र तीन पटक टोके । उनले सर्पलाई यति जोडले टोके कि सर्पको घटनास्थलमै मृत्यु भयो ।

    यो घटनाको जानकारी रेल्वे अधिकारीहरू सम्म पुगेपछि सन्तोषलाई लाई उपचारको लागि अस्पताल भर्ना गरिएको थियो । आफूले किन सर्पलाई टोकेको भन्ने बारे उनले आफ्नो गाउँमा सुनेको कहानी उल्लेख गरे । उनले भने, “सर्पले मलाई टोकेपछि मैले फलामको रडले उठाएर त्यसको टाउको समाते । मैले यसलाई हल्का हातले समातेको थिएँ । सर्पले मलाई दुई पटक टोकेको थियो । मैले यसलाई तीन पटक टोके । यसले गर्दा सर्पको विष शरीरमा फैलिन पाउँदैन । अनि सर्प मर्छ ।”

    भारतीय सञ्चार माध्यमका अनुसार उनको स्वास्थ्य एकै दिनमा सुधार भयो र उनी अस्पतालबाट डिस्चार्ज भए ।


  • सम्बन्धित विषय:

  • # सर्प
  • प्रतिक्रिया दिनुहोस