महेन्द्रनगर । बाढी, डुबानका कारण विस्थापित भएका कञ्चनपुरका बाढी प्रभावितलाई राहत उपलब्ध गराउन सुरु गरिएको छ ।
उद्धारको काम सकिएपछि खाना खुवाउनेदेखि अन्य राहत सामग्री उपलब्ध गराउन थालेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताएका छन्।
महाकाली र चौधर नदीको बाढीले कञ्चनपुरमा हजारौंं घर डुबानमा परेको छ । एक हजार ७६७ जना विस्थापित भएका छन् । जिल्लास्थित विपत् व्यवस्थापन टोलीले ५११ घरपरिवारका मानिसको उद्धार गरेर सुरक्षित स्थानमा सारेको छ ।
यस्तै कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् ।
पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् । प्रहरीले आरतीको खोजी गरिरहेको छ ।
.gif)