शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा बाढीमा डुबेर बेपत्ता आरतीको पनि शव भेटियो


पश्चिम प्रेस
सोमबार, असार २५ २०८१
  • 721
    Shares

  • images
    images
    कञ्चनपुरमा बाढीमा डुबेर बेपत्ता आरतीको पनि शव भेटियो

    महेन्द्रनगर । कञ्चनपुरमा बाढीमा डुबेर ३ किशोरीको मृत्यु भएको छ । 

    पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । बेपत्ता रहेकी १६ वर्षीया आरती बोगटीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरुसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन् ।

    चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ । दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ । 


  • सम्बन्धित विषय:

  • # बाढी
  • प्रतिक्रिया दिनुहोस