महेन्द्रनगर । भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध दोस्रो पटक पुनः खोलिने भएको छ।
एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म धौलिगंगाको बाँध खोलिने भएको हो ।
भारतीय प्रशासनले परियोजनाको सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाब बढ्ने भन्दै दार्चुला प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ। भारतले बर्खाको समयमा बेलाबेला बाँधका ढोका खोल्दै आएको छ। यसअघि भारतले गएको शनिबार १५ गते ६ बजेदेखि १६ गते आइतबार बेलुका ६ बजेसम्म पहिलो पटक बाँधका ढोका खोलेको थियो।
.gif)